मालपोत कार्यालय कास्कीको परिचयनेपाल सरकार, भुमिसुधार तथा व्यवस्था मन्त्रालय, भुमिसुधार तथा व्यवस्थापन विभाग अन्तर्गत कास्की जिल्लाको सम्पुर्ण अचल सम्पत्ती तथा जग्गा जमिनहरुको व्यवस्थापन गर्ने मुल उद्देश्यले वि.स २०३६ मा कास्कीमा मालपोत कार्यालयको स्थापना भएको हो । यसको मुल कार्यहरु सार्वजनिक सम्पत्तीहरुको संरक्षण तथा व्यक्तिगत घरजग्गाको प्रचलिन कानुनमा उल्लेख भए अनुसारको रजिष्ट्रेशन दस्तुर तथा शुल्क लिई सुक्रिविक्री गर्नुनै हो । मालपोत कार्यालय कास्कीको प्रमुख कार्यहरुः रजिष्ट्रेशन राजिनामा सट्टापट्टा संगोलनामा दर्ताफारी छोडपत्र हालैदेखिको बकसपत्र अन्य बकसपत्र, दानपत्र अंशवण्डा तथा अंश भर्पाइ मानो जोडिएको मानो छुट्टिएको शेषपछिको बकसपत्र दृष्टिबन्धकी, भोग बन्धकी धर्मपुत्र धर्मपुत्रीको सम्बन्धी नामसारी कपाली तमसुक र करारनामा धितोबन्धक तथा दृष्टि बन्धक नोटः माथि उल्लेखित प्रकृतिका लिखतहरु पारित गर्दा प्रत्येक आ.व.को बजेटमा उल्लेख भै आए अनुसारको घरजग्गा रजिष्ट्रेशन दस्तुर र सेवा शुल्क असुल गर्ने साथै प्रकृया पुरा गरेको अवस्थामा सोहि दिन कार्यसम्पादन हुने

